कोपा–अमेरिका फुटबल : क्वार्टरफाइनलमा पुगे उरुग्वे र पानामा
काठमाडौँ । उरुग्वे र पानामा कोपा–अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान सम्पन्न खेलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै यी दुई टोली समूह ‘सी’ बाट क्वार्टरफाइनलमा पुगेका हुन् ।
समूहगत चरणको आफ्नो अन्तिम खेलमा बलियो उरुग्वेले आयोजक राष्ट्र अमेरिकामाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो । सोही समूहको अर्को खेलमा पानामाले बोलिभियामाथि ३–१ गोलको जित हासिल ग¥यो ।
उरुग्वे समूह विजेता र पानामा उप–विजेताका रूपमा अन्तिम आठमा पुगेका हुन् । अमेरिकाविरुद्धको खेलमा उरुग्वेका लागि म्याथियस ओलिभेराले निर्धारित समयको ६६औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
यसैगरी बोलिभियाविरुद्धको खेलमा पानामाका लागि २२औँ मिनेटमा जोसे फजार्डोले पहिलो गोल गरेका थिए । ६९औँ मिनेटमा बोलिभियाका ब्रुनो मिरान्डाले जवाफी गोल गरेका थिए । त्यसपछि लयमा फर्किएको पानामाले लगातार दुई गोल थपेको थियो ।
पानामाका लागि दोस्रो गोल ७९औँ मिनेटमा एडुआर्डो ग्वेरेरोले गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा पानामाका लागि सेसर यानिसले तेस्रो गोल थपेका थिए । उरुग्वेले समूहगत चरणको तीनवटै खेलमा जित हात पार्दै नौ अङ्क बटुल्यो ।
पानामाले भने तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो । अमेरिकाले एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकाल्यो । बोलिभिया भने तीनवटै खेलमा पराजित भएको थियो ।
प्रतियोगिताको क्वार्टरफाइनलमा पानामाले समूह ‘डी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । उरुग्वेले भने समूह ‘डी’ को उप–विजेतासँग क्वार्टरफाइनल खेल्नेछ । अर्जेन्टिना, इक्वेडर, भेनेजुएला र क्यानडा भने यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण