सलमान खानलाई सिद्धू मूसेवालालाई जसरी हत्या गर्ने षड्यन्त्र रचिएको दाबी

नयाँ दिल्ली । बलिउड स्टार सलमान खानको घरमा गएको अप्रिल १४ मा गोलबारी भएको थियो । यस मामिलामा प्रहरीले तुरुन्तै छानबिन सुरु गर्यो । अनि एकपछि अर्को गर्दै आरोपीहरूलाई पक्राउ पनि गरियो ।
यस मामिलामा छानबिन गरिरहेको मुम्बई प्रहरीले लरेन्स विश्नोई ग्याङका पाँच आरोपी विरुद्ध अभियोग पत्र दायर गरेका छन् । उनीहरूले पन्जाबी गायक सिद्धू मूसेवालालाई मारे जस्तै गरी सलमान खानलाई मार्ने योजना बनाएको दाबी गरिएको छ ।
सलमानलाई मार्न २५ लाखको सुपारी
चार्जसिटका अनुसार बिश्नोई ग्याङले सलमान खानलाई मार्न २५ लाखको सुपारी दिएको प्रहरी अधिकारीले बताएका छन् । आरोपीहरूले पाकिस्तानबाट अत्याधुनिक हतियार एके ४७, एके ९२ र एम १६को साथसाथै टर्कीमा बनेको जिगाना पेस्तोल पनि किन्ने तयारी गरिरहेका थिए । सिद्धू मूसेवालालाई मार्न पनि जिगना पेस्तोलकै प्रयोग गरिएको थियो ।
सलमानको हरेक चालमाथि नजर
प्रहरीले चार्जसिटमा बताएअनुसार सलमानलाई मार्ने षडयन्त्र सन् २०२३ को अगस्टदेखि सन् २०२४ को अप्रिलबिचमा रचिएको थियो । सलमान खानको हरेक क्रियाकलापमाथि निगारनी गर्न ६० देखि ७० जनालाई खटाइएको थियो । यी सबै जनाले मुम्बईस्थित सलमान खानको घर, पनवेलमा रहेको फार्म हाउस र गोरेगाउँको फिल्म सिटीमा सलमानको हरेक गतिविधि नियालिरहेका थिए ।
अभिनेतालाई मार्न आरोपीहरूले १८ वर्षभन्दा कम उमेरका केटालाई भाडामा लिएका थिए । सबै शूटरहरूले गोल्डी ब्रार र अनमोल बिश्नोईको आदेश कुरिरहेका थिए । अर्डर पाएपछि उनीहरू पाकिस्तानबाट आएको अत्याधुनिक हतियार प्रयोग गरेर सलमानलाई मार्नेवाला थिए । शूटरहरू पुणे, रायगढ, नवी मुम्बई, ठाणे र गुजरातमा लुकेर बसेका थिए ।
प्रहरीले यस मामिलामा जुन ४ मा सलमान खान र उनका भाई अरबाज खानको पनि बयान लिएको छ । सलमानको बयान ९ पेजको र अरबाजको बयान ४ पेजको भएको बताइएको छ । घटनाको रात आफ्नो घरमा पार्टी भएको सलमान बताएका छन् । पार्टीका कारण आफू ढिलो सुतेको अनि गोलीको आवाजले ब्युँझिएको अभिनेताले बयानमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट