त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गए : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी छन् । त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी गरेसँगै कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी हुन् ।
उक्त विनियमअनुसार विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ । शिक्षा सुधारको मुख्य अवरोध दलीय राजनीति रहेको उनको ठहर छ । समस्या पहिचान भएपछि त्यसको समाधान खोज्नुपर्ने बताउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ ।’
यो विनियम मस्यौदा जारी गर्ने त्रिवि नेतृत्वप्रति उनले आभार प्रकट गरेकी छन् । नेपालको शिक्षा क्षेत्र र नेपालमै समग्र भविष्यबारे जिम्मेवार सबैले यसमा समर्थन र निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण