उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना, १८ जनाको मृत्यु

नयाँ दिल्ली । उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आगरा–लखनउ एक्सप्रेस वेमा उन्नावबाट आइरहेको स्लीपर बस दूधको ट्यांकरसँग ठोक्किएको थियो । यस घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । अरू १९ जना घाइते भएका छन् । दुर्घटना उन्नावको गढा गाउँ नजिकै भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन् ।
प्रहरीका अनुसार ट्यांकरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको थियो । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेस वेमा पल्टिएको थियो । जसका कारण बसमा सवार धेरै यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो । घाइतेहरूलाई उपचारका लागि उन्नावको बांगरमाउ सीएचसीमा पठाइएको छ । केही गम्भीर घाइते यात्रुलाई उपचारका लागि लखनउ लगिएको छ ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । उन्नाव जिल्ला मजिस्ट्रेट गौरांग राठीका अनुसार दुर्घटना बिहान ५ः १५ बजे भएको थियो ।
यो एक निजी स्लीपर बस थियो । प्रारम्भिक अनुसन्धानमा बसको गति उच्च रहेको देखिएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा उत्तर प्रदेश र बिहारका धेरै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म