उत्तर प्रदेशको उन्नावमा सडक दुर्घटना, १८ जनाको मृत्यु
नयाँ दिल्ली । उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आगरा–लखनउ एक्सप्रेस वेमा उन्नावबाट आइरहेको स्लीपर बस दूधको ट्यांकरसँग ठोक्किएको थियो । यस घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । अरू १९ जना घाइते भएका छन् । दुर्घटना उन्नावको गढा गाउँ नजिकै भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन् ।
प्रहरीका अनुसार ट्यांकरलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको थियो । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेस वेमा पल्टिएको थियो । जसका कारण बसमा सवार धेरै यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो । घाइतेहरूलाई उपचारका लागि उन्नावको बांगरमाउ सीएचसीमा पठाइएको छ । केही गम्भीर घाइते यात्रुलाई उपचारका लागि लखनउ लगिएको छ ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । उन्नाव जिल्ला मजिस्ट्रेट गौरांग राठीका अनुसार दुर्घटना बिहान ५ः १५ बजे भएको थियो ।
यो एक निजी स्लीपर बस थियो । प्रारम्भिक अनुसन्धानमा बसको गति उच्च रहेको देखिएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा उत्तर प्रदेश र बिहारका धेरै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण