भारतमा सम्बन्धविच्छेद भएका मुस्लिम महिलाले गुजारा भत्ता पाउने फैसला
नयाँ दिल्ली । भारतको सर्वाेच्च अदालतले बुधवार एउटा महत्त्वपूर्ण फैसला सुनाउँदै फौजदारी प्रक्रिया संहिताको धारा १२५ अन्तर्गत मुस्लिम महिलाले सम्बन्धविच्छेदपछि पूर्वपतिबाट गुजारा भत्ता माग्न सक्ने बताएको छ ।
न्यायाधीश बीवी नागरथनाको नेतृत्वको दुई सदस्यीय इजलासले यस धारा अन्तर्गत गुजारा भत्ता माग गरेकी एक मुस्लिम महिलाको मुद्दाको सुनुवाइ गर्दै यस्तो फैसला गरेको हो ।
१० हजार गुजारा भत्ता दिन तेलंगाना उच्च न्यायालयले सुनाएको आदेशलाई एक मुस्लिम पुरुषले चुनौती दिएका थिए । मुस्लिम महिलाहरूको सम्बन्ध विच्छेदमा छुट्टै कानून लागू हुने भन्दै धारा १२५ अनुसार गुजारा भत्ता पाउन नसक्ने उनको वकिलको तर्क थियो । दुवै न्यायाधीशले सर्वसम्मतिले यो निर्णय गरेका हुन् । यसबारे फैसला लेख्न बाँकी भएको बताइएको छ ।
सन् १९८५ मा सर्वाेच्च अदालतले धारा १५ धर्मनिरपेक्ष कानून भएको र यो सबै महिलाहरुमा लागू हुने भनेको थियो । यो फैसलापछि व्यापक स्तरमा विरोध सुरु भएको थियो । त्यसपछि सन् १९८६ मा सरकारले मुस्लिम महिलाको सम्बन्ध विच्छेदका लागि छुट्टै अधिकार संरक्षण ऐन पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण