ज्याकलिनको लागि जेलबाटै सुकेशको पत्र : जन्मदिनमा एकसय आइफोन १५ बाँड्छु
मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डेजको जन्मदिनमा १०० आइफोन–१५ बाँडिने भएको छ । सुकेश चन्द्रशेखरले ११ अगष्टमा पर्ने ज्याकलिनको जन्मदिन सेलिब्रेसन गदै उक्त फोन बाँड्ने घोषणा गरेका हुन् ।
२०० करोड मनी लन्ड्रिङ मुद्दामा हाल जेलमा रहेका सुकेशले एकपत्र लेख्दै यस्तो घोषणा गरेका हुन् । पत्रका उनले ज्याकलिनको नाम जेएफएस अझैपनि आफ्नो निजी जेटमा लेखिएको बताएका छन् ।
मण्डोली जेलबाट जुलाई ९ मा पठाइएको पत्रमा सुकेशले लेखेका छन्, ‘बेबी गर्ल, म निकै उत्साहित छु । तिम्रो जन्मदिनको काउन्टडाउन सुरु भएको छ । तिम्रो जन्मदिन आउन ३० दिन मात्र बाँकी छ । म पर्खन सक्दिन । यो एक सेलिब्रेसन हो जसबाट म रमाउँछु । तिम्रो अनुहारको मुस्कान एक मात्र चिज हो । जसले मेरो मनलाई पगाल्छ ।’ उनले केही दिनदेखि फिल्म किकमा रहेको ज्याकलिनको गीत ‘ह्याङओभर’ सुनेर नाचिरहेको समेत बताउका छन् ।
उनले अगाडि लेखेका छन्, ‘मेरो बेबी, मलाई तिम्रो बोल्ने, अंगालो हाल्ने, माया गर्ने, क्रोधमा शान्त हुने, तिम्रो आँखा र तिमिले भनेका सबै कुरो ह्याङओभर भएर रहेको छ । जुन जीवनभर रहन्छ । उनले यो ह्याङओभर सधै भरि रहिरहोस् भन्ने कामना सहित प्रेमको अर्थ ज्याकलिनले सिकाएको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण