राजसंस्था र हिन्दुराष्ट्र स्थापनामा पूर्वसुरक्षाकर्मीहरूको ज्ञान र सीप निर्णायक : राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । राप्रपाको आन्दोलनमा समेत अवकाशप्राप्त सैनिकहरूको अनुभव, ज्ञान र सीप निर्णायक रहनेमा जोड दिएका छन् ।
‘पूर्वसुरक्षाकर्मीहरू देशका खम्बा हुन् । यही यथार्थलाई मनन गर्दै पार्टीले सञ्चालन गरेको आन्दोलनमा पूर्वसुरक्षाकर्मीहरूको सक्रिय र सृजनशील योगदान हामीले आश गरेका छौँ । विकृति र विसङ्गति अन्त्य गरेर देश र समाजलाई सही बाटोमा ल्याउन राप्रपाले आन्दोलन जारी राखेको छ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाव प्रमुख राणाले शनिबार भने ।
‘राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने आन्दोलनमा पूर्वसुरक्षाकर्मीहरूको प्राविधिक ज्ञान र सीप निर्णायक हुनेमा दुई मत छैन । पात्र र प्रणाली दुवै असफल भएको सन्दर्भमा सेवानिवृत सुरक्षाकर्मीको निष्ठा र इमानदारीले दूरगामी महत्त्व राख्नेछ,’ उनले भने ।
राप्रपा केन्द्रीय कार्यालयमा राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनद्वारा आयोजित कार्यक्रममा नेपाली सेनाका तीनजना अवकाशप्राप्त मेजरसहित १५ जनाले पार्टी प्रवेश गरेका थिए । राप्रपामा प्रवेश गर्नेहरूमा अप्रा मेजर शंकर श्रेष्ठ, अप्रा मेजर प्रकाश गुरुङ, अप्रा मेजर तारा खत्रीलगायत मोहनबहादुर अधिकारी, कृष्णबहादुर श्रेष्ठ, बालकृष्ण ढकाल, माधव सिग्देल, उपेन्द्र कुँवर, राजाराम थापा, गणेश थापा, पदम क्षेत्री, प्रविण धरेल र कृष्णबहादुर तामाङ थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङले देशले परिवर्तन मागेको र यो परिवेशमा पूर्वसुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहने बताए ।
एकपटकको सैनिक सदाका लागि सैनिक हुने बताउँदै राप्रपासम्वद्ध सैनिक संगठन अध्यक्ष प्रकाशजंग कार्कीले राष्ट्र, धर्म र संस्कृतिको पक्षमा सदैव सङ्घर्षशील रहने बताए । ‘सेवामा होस वा सेवा निवृत्त भएको अवस्थामा, सेनाको मुटु र मनमा सत्यको बास हुन्छ । यस अर्थमा माटोको रक्षामा हामी सदा लडिरहने छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण