ब्लाइन्ड विश्वकप क्रिकेट : १९ सदस्यीय टोलीको घोषणा
सोमबार, ३१ असार २०८१, १५ : ४२
काठमाडौँ । नेपाल नेत्रहिन क्रिकेट संघले आगामी नोभेम्बरमा पाकिस्तानमा आयोजना हुने ‘चौथो टी–२० ब्लाइन्ड क्रिकेट वल्र्ड कप–२०२४’ का लागि नेपाली टोलीको घोषणा गरेको छ ।
संघले छनोट समितिको सिफारिसमा १९ सदस्यीय टोलीको घोषणा गरेको हो । विश्वकपमा सहभागी हुने अन्तिम १५ सदस्यीय टोलीको घोषणा भने दोस्रो चरणको छनोट गरिने संघले जनाएको छ ।
संघले घोषणा गरेको १९ सदस्यीय टोलीमा सुनिल सुवेदी, सागर लामा, भरत चौलागाई, दुर्गादत्त पौडेल, प्रेम क्षेत्री, मदन न्यौपाने, प्रविन तामाङ र असिम गुरागाई रहेका छन् ।
यसैगरी टोलीमा भरत थापा, रमेश बानिया, नरेश चौधरी, सुनिल राना, पदम बडैला, सन्त पहरी, रविन्द्र बोहरा, खेमराज सापकोटा, पदम कार्की, युवराज भण्डारी र निश्चल सिवाकोटी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण