भण्डारीलाई मन्त्री बनाएपछि लोसपा विभाजनको सँघारमा
काठमाडौँ । सरकारमा सामेल हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी विभाजनको सँघारमा पुगेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाएपछि पार्टीभित्र असन्तुष्टि चर्किएको हो । असन्तुष्ट पक्षले पार्टी विभाजनको तयारी गरिरहेको स्रोत बताउँछ ।
स्रोतका अनुसार लोसपाका नेता तथा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले यसको नेतृत्व गरिरहेका छन् । लोसपाका महासचिव मुकेश झाका अनुसार पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको छ ।
मधेस प्रदेशमा रहेका नौ जना सांसदमध्ये चार जना र लुम्बिनी प्रदेशका ३ जनाले शुक्लालाई साथ दिने महासचिव झाले बताए । लोसपाको पदाधिकारीमध्ये २७ जना आफूहरूको साथमा रहेको उनको दाबी छ ।
सहअध्यक्ष शुक्लाले पार्टीभित्र असन्तुष्टि बढेको स्वीकार गरे । ‘पार्टी विभाजन भइसकेको छैन तर अवस्था त्यस्तै सिर्जना भएको छ,’ उनले भने ।
अध्यक्ष ठाकुरले मन्त्री चयन गर्ने निर्णय न्यायोचित ढङ्गले नगरेको आरोप लगाउँदै शुक्लाले भने, ‘बैठकमै उपस्थित नभएका व्यक्तिलाई मन्त्री बनाइएको छ । यसको मतलब पहिलादेखि नै निर्णय गरेर राखिएको थियो ।’
पहिलादेखि निर्णय गरेर मन्त्री चयन गर्ने तय भइसकेको थियो भने बैठक गर्ने नाटक किन गरेको भन्ने प्रश्न पनि उनले उठाए । यस सम्बन्धमा आफूले पार्टीभित्रका अन्य साथीहरूसँग सरसल्लाह गरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरू सम्पर्कमा आइराखेका छन्, अब के गर्ने भन्ने विषयमा छलफल गरेरमात्रै अगाडि बढ्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण