इटहरीको बजेट बहुमतले पारित
इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगरसभामा छलफल भएपछि बजेट पारित भएको हो।
असार १० गते नगरसभामा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेस गरेका थिए । नेकपा एमालेले औपचारिक रुपमा विरोध जनाएको उपमहानगरपालिकाको बजेट सोही आकारमा पारित भएको छ ।
असार १० गते सोमबार राति प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ । असार मसान्त (आज) सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्थाअनुसार बहुमत नगरसभा सदस्यको समर्थनमा पास भएको हो ।
उपमेयर सङ्गिता चौधरी अनुपस्थित भएपछि वडाअध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ बिधेयकमा छलफल चलाएका हुन् । यसअघि नेकपा एमालेका सदस्यहरूले बहिष्कार गरेपनि आज बहुमत सदस्यले छलफलमा सहभागिता जनाएका हुन् ।
पारित भएको बजेटमा संघीय समानिकरण अनुदान २९ करोड ५६ लाख, संघिय सशर्त अनुदान चालुतर्फ ४९ करोड ४३ लाख र संघिय सशर्त अनुदान पुँजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो ।
प्रदेश समानिकरण अनुदान १ करोड ९४ लाख, प्रदेश ससर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश ससर्त अनुदान पुँजीगत खर्चतर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।
संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो । चालु खर्चतर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ ।
वित्तिय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९० लाख अर्थात कुल बजेटको ०.२५ प्रतिशत र पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५) खर्च गर्ने बजेटमा उल्लेख छ । जसमध्ये बिषयगततर्फ ३० करोड, वडा सिमातर्फ ३८ करोड, नगरस्तरीय योजनाको लागि ८ करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण