महिला एसिया कप क्रिकेट : तेस्रो अभ्यास खेलमा नेपाल दुई रनले विजयी
काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोलीले मंगलबार सम्पन्न आफ्नो तेस्रो अभ्यास खेलमा सफलता हात पारेको छ । हाल श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले २६ बलमा सर्वाधिक ३७ रन बनाएकी थिइन् । बिन्दू रावलले पनि टोलीको खातामा ३१ बलमा २० रन थपिन् ।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाडले भने १९.५ ओभरमै अलआउट हसनुअघि एक सय १० रनमात्र बनाउन सक्यो । श्रीलंकाली टोलीका लागि भी. बालासूर्याले ३८ र आर. नेथ्रान्जलीले २६ रन बनाए । नेपाली टोलीका बलर कविता जोशीले तीन र कृतिका मरासिनीले दुई विकेट लिए ।
नेपाली टोली पहिलो र दोस्रो अभ्यास खेलमा भने श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग पराजित भएको थियो । नेपाली टोली पहिलो अभ्यास खेलमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो । नेपाली टोली दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको थियो ।
पहिलो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो ।
तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सकेको थियो । नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाएका थिए । बलिङतर्फ नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पारेका थिए ।
यसैगरी दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपाली टोलीका लागि कप्तान ईन्दू बर्माले पनि ४३ बलमा २८ रन बनाएकी थिइन् ।
जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीले भने १९.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । श्रीलंकाली टोलीको जितमा एन. सेनारत्नेले ३७ बलमा २७ रनको योगदान गरेकी थिइन् । एस. सन्दीपानीले पनि २१ बलमा १९ रन बनाएकी थिइन् । नेपाली टोलीकी बलर सबनम राई र कविता जोशीले एक–एक विकेट लिएका थिए ।
एसीसी महिला एसिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलंकामै आयोजना हुँदैछ । महिला एसिया कपको नवौँ संस्करणमा आठवटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ ।
नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि नेपालकै समूहमा छन् । उक्त समूहमा चौथो टोलीको रुपमा यूएई रहेको छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।
प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच जुन २८ तारिखमा फाइनल खेल हुनेछ । समूहगत चरणमा नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्नेछ ।
नेपाल र यूएईबिचको खेल जुलाई १९ तारिखमा डम्बुलामा खेलिने छ । नेपालले दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग डम्बुलामै खेल्नेछ ।
महिला एसिया कप यात्रामा होमिने नेपाली टोलीमा ईन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण