संविधान संशोधन गर्ने षड्यन्त्र भए सशक्त प्रतिरोध गरिन्छ : सचिव पाण्डे
काठमाडौँ । माओवादी केन्द्रका सचिव एवं संसदीय दलको प्रमुख सचेतक हितराज पाण्डेले सरकारबाट जनताको अधिकार कटौती गर्ने षड्यन्त्र भए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
कांग्रेस र एमालेबिच भएको सहमति सार्वजनिक नहुनुले गम्भीर प्रश्न उठेकाले प्रतिगमनविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । मंगलबार रातोपाटीसँग कुराकानी गर्दै उनले सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले गरेका कामलाई अगाडि बढाउन निरन्तर दबाब दिने बताए ।
‘माओवादी सरकारमा हुँदा खासगरी सुशासनको पक्षमा जुन किसिमका काम भएका छन् । ती विषयवस्तु निरन्तर अगाडि बढाउनका लागि संसदमा प्रस्तुत हुन्छौँ । त्यसका साथसाथै सामाजिक न्याय समृद्धिका विषय अगाडि बढाउनका लागि दबाब दिन्छौँ’, पाण्डेले भने, ‘जनताको अधिकार कटौती गर्ने षड्यन्त्रविरुद्ध सशक्त ढंगले जनताको आवाज उठाउँछौँ । सात बुँदे सहमति भनेका छन्, अहिलेसम्म सार्वजनिक गरेका छैनन् । यो नै अपारदर्शी कुरा हो । ढाँटछल कुरा भयो । सहमति लुकाएर उनीहरुले अनैतिक काम गरेका छन् । त्यसविरुद्ध सशक्त प्रतिरोध गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण