सङ्गीतबाट ब्रेक लिँदै एडेल
बिहीबार, ०३ साउन २०८१, १० : ३१
लन्डन । बेलायती गायिका एडेलले सङ्गीतबाट ब्रेक लिने भएकी छिन् । एक पछि अर्को गर्दै कन्सर्टहरू गरेपछि थाकेकी गायिकाले ब्रेक लिन लागेकी हुन् । यतिबेला आफूसँग नयाँ गीतको कुनै योजना पनि नभएको उनले बताएकी छिन् ।
यी सबै पछि आफूले लामो ब्रेक चाहेको र केही समय अरू नै सृजनात्मक काम गर्न चाहेको पनि उनले बताइन् । आफूले घरमा समेत नगुनगुनाउने उनको भनाई छ । गायिकाको पछिल्लो एल्बम सन् २०२१ मा आएको थियो ।
गएको २ वर्षयता एडेलले लास भेगासमा सप्ताहान्तमा कन्सर्ट गर्दै आएकी छिन् । यसको अन्तिम कन्सर्ट नोभेम्बरमा हुँदै छ । यी अनुभवहरू भावनात्मक रूपमा थकाइदिने खालको भएको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण