जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिँदैछन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन, तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक छ ।’
उनले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस बारेमा आधिकारिक निर्णय गर्ने बताए । उनले भने, ‘हामीले यो सरकारलाई बाहिरबाट समर्थन गरेका छौँ, विश्वासको मत पनि दिन्छौँ तर पार्टीमा यसको आधिकारिक निर्णय हुन्छ ।’
वर्तमान गठबन्धनलाई जसपा नेपालले समर्थन गरेपनि प्रदेशदेखि संघसम्म सरकार बाहिरै रहेको छ । मधेश प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट जनमत पार्टी नेतृत्वको सरकार रहेको छ । त्यो सरकारलाई जसपा नेपालले समर्थन गरेको छैन । संघीय सरकारलाई समर्थन रहेको भनिए पनि संसदीय दलबाट यसको आधिकारिक निर्णय आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण