भारतको स्मार्टफोन बजारमा शीर्ष स्थानमा उक्लियो साओमी
नयाँ दिल्ली । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी भारतको स्मार्टफोन बजारमा शीर्ष स्थानमा उक्लिएको छ । चर्को प्रतिस्पर्धा रहेको त्यहाँको स्मार्टफोन बजारमा सामसङ र भिभोलाई उछिनेर जुन त्रैमासमा कम्पनी बजार हिस्साका आधारमा सबैभन्दा ठुलो स्मार्टफोन ब्रान्ड बनेको हो ।
सो अवधिमा साओमीको विक्री वार्षिक २४ प्रतिशतले बढेको छ । योसँगै स्मार्टफोन बजारमा कम्पनीको हिस्सा १८ प्रतिशतमा उक्लिएको छ । एक वर्ष अघि यो १५ प्रतिशत मात्रै थियो । विक्रीमा वार्षिक ४ प्रतिशतको वृद्धिसहित भिभो दोस्रो स्थानमा छ । त्यहाँको बजार हिस्साको १८ प्रतिशत भिभोको पोल्टामा छ । उता, तेस्रो स्थानमा रहेको सामसङको विक्री भने ८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा भारतको स्मार्टफोन बजारमा सामसङको हिस्सा १७ प्रतिशत छ ।
समीक्षा अवधिमा क्रमशः १२ प्रतिशत र ११ प्रतिशत बजार हिस्सासहित चिनियाँ स्मार्टफोन ब्रान्डहरू रियलमी र ओप्पो चौथो र पाँचौं ठुला ब्रान्ड हुन् । अप्रिल–जुन त्रैमासमा भारतको स्मार्टफोन बजारमा कूल ३ करोड ६४ लाख थान स्मार्टफोन बिकेका थिए । यो एक वर्ष अघिको सोही अवधिको तुलनामा १ प्रतिशत बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण