लुम्बिनीका मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न कांग्रेस- एमालेको ह्विप

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेले मुख्यमन्त्री जोखबहादुर महराको विपक्षमा मतदान गर्न ह्विप जारी गर्ने भएका छन् । एमाले संसदीय दल प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले कांग्रेस र एमाले संसदीय दलको संयुक्त बैठक बसेर सांसदहरूलाई अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी भइरहेको बताए ।
कांग्रेस संसदीय दलका प्रमुख डिल्लीबहादुर चौधरीले आइतबार बिहान कांग्रेस–एमालेको संयुक्त बैठक बसेर थप योजना बनाउने बताए । मुख्यमन्त्री महरा भने विश्वासको मत लिने वा राजीनामा दिने दुवै विकल्प प्रयोग गर्ने रणनीतिमा रहेको एक प्रदेशसभा सदस्यले रातोपाटीलाई बताए ।
आइतबार १ बजे लुम्बिनी प्रदेशसभाको २४ औँ बैठकमा मुख्यमन्त्री महराले आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले बताए ।
लुम्बिनीमा महरा चैत २३ गते एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटी ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
केन्द्रमा कांग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनी प्रदेश सरकार सहयोगी एमालेका ५ जना मन्त्रीले असार २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत ४४ भए पुग्छ। एमालेका २९ र कांग्रेसका २७ जना गरी ५६ जना सांसद छन् ।
अल्पमतमा परेका मुख्यमन्त्री महरासँग अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा गरी १३ सांसद छन्। सोही अकं गणितको आधारमा एमाले कांग्रेसले नयाँ सरकारले बनाउने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांस्कृतिक पर्वले समाजको एकतालाई थप बलियो बनाउने विश्वास
-
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
-
सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत
-
बुद्ध दर्शनको सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छ : खनाल
-
तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न, पलेसाको पनि सहभागिता
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी