इजरायलद्वारा यमनमा आक्रमण
तेल अभिभ । हुथी विद्रोहीहरूले हमला गरेको एक दिनपछि इजरायलले यमनमा हमला गरेको हो । हुथी विद्रोहीको नियन्त्रणमा रहेको हुदैदाह बन्दरगाहमा जवाफी हमला गरिएको समाचारमा उल्लेख छ ।
यो बन्दरगाह लाल सागरमा छ । हुथी विद्रोहीसँग जोडिएको मिडिया आउटलेटका अनुसार यो हमलामा तीन जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा धेरै घाइते भएका छन् । यो यमन विरुद्ध इजरायलको बर्बर हमला भएको हुथी अधिकारी मोहम्मद अब्दुल सलामले भनेका छन् ।
यो आक्रमणमार्फत आफ्नो देशले हुथी आन्दोलनकारीहरूलाई सन्देश दिन चाहेको इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले भनेका छन् । यो हमला हुथी विद्रोहीमाथि दबाब सृजना गर्न गरिएको बताइएको छ ।
हुथीले गाजामा प्यालेष्टाइनीहरूलाई समर्थन गरिरहेका छन् । यो समर्थन बन्द गराउन पनि यो आक्रमण भएको बताइएको छ । गएको केही महीनामा हुथी विद्रोहीहरूले सयौं मिसाइल प्रहार गरेका छन् भने ड्रोनबाट पनि हमला भएका छन् । इजरायलीहरूले समुद्र तट नजिक रहेको तेल भन्डारण र त्यसको सामु रहेको ऊर्जा केन्द्रमा पनि हमला गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण