प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जसपाको निर्णय
आइतबार, ०६ साउन २०८१, १३ : ५२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको सो पार्टीका नेता पूर्णबहादुर बस्नेतले बताए ।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न जसपा नेपालले आफ्नो दलका सांसदलाई पार्टीले ह्विप समेत जारी गरेको छ ।
प्रतिनिधि सभामा जसपा नेपालका पाँच सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते