अर्थतन्त्रको ऐना सेयर बजार २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको बताएका हुन् ।
उनले भने, ‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो २ हप्तामा ४०० अंकले बढेको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास हो यो ।’ प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभएर देशको समग्र बजार चलायमान बन्ने बताए ।
उनले सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारसँग रहेको दाबी गरे । ‘किनभने, २०७२ सालको भूकम्पमा अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गरेको अनुभव हामीसँग छ,’ उनले भने । यस्तै क्षतिग्रस्त बनेका हजारौँ घर पुनर्निर्माण गरेको र लगातार ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको अनुभव समेत रहेको ओलीको भनाई छ ।
‘विश्व बैंकले नेपाललाई दक्षिण एसियाको साइनिङ स्टार भन्दा सिंगो देश खुसीले गदगद बनेको इतिहास छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निरपेक्ष र बहुआयामिक गरिबी घटाइएको अनुभव पनि हामीसँग छ ।’ बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा काम गरेको अनुभव समेत यही सरकारसँग रहेको ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण