देशलाई द्वन्द्वमा फसाउने काम भइरहेको छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशलाई द्वन्द्व फसाउने काम भइरहेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले संविधान संशोधनको नाममा २ ठुला दलले देशलाई इतिहासमा फर्काउने काममा अग्रसर भएको बताएका हुन् ।
आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री जम्कट्टेलले दुई ठुला दलले अदृश्य सहमति गरेर समावेशी सहभागिता हटाउने प्रयत्न भएको बताए । राजनीतिक स्थिरताको नाममा संविधान संशोधन गरेर उत्पीडित वर्गको अधिकार माथि हस्तक्षेप गर्न नयाँ समीकरणका दलहरू अघि बढेको उनको भनाई छ ।
दुई ठुला दलले अदृश्य रूपमा राजनीतिक सहमती छोपेर राखिएको उनले बताए । दलले गर्ने राजनीतिक सहमति गोप्य नहुने र जनतालाई ढाँट्न दलहरूले राजनीतिक सहमति गरेको उनले स्पष्ट पारे । मुख्यमन्त्री जम्कट्टेलले बहुमत हुँदैमा सरकार निरन्तर नजाने बताए ।
‘संविधान संशोधन गरे समानुपातिक निर्वाचन प्रणाली हटाउने प्रयत्न भएको छ । निर्वाचन प्रणाली परिवर्तन गरेर समावेशिता हटाउने काममा दुई ठुला दलहरू लागेका छन् । निर्वाचन प्रणाली फेर्ने नै भए पूर्ण समानुपातिक प्रणालीमा अघि बढ्नुपर्छ । यसले नेपाललाई अग्रगामी रूपमा स्थायित्व दिन सक्छ । संशोधन नै गरेर कार्यकारी भूमिकामा जान तयार हुनुपर्छ ।’ उनले भने ।
देशले राष्ट्रियसभामा समावेशिता नखोजेको उनको भनाई छ । उनकाअनुसार देशले कार्यकारी भूमिकामा समावेशिता खोजेर निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने हुन्छ । मुख्यमन्त्री जम्कट्टेलले राष्ट्रिय सहमति अङ्क गणित नभएको बताए । संसद्भित्र र बाहिर रहेका सरोकारवालाको सहमति नै राष्ट्रिय सहमति भएको उनको भनाई छ ।
प्रदेशलाई अधिकार आउँछ भन्नेमा विश्वस्त नरहेको उनको भनाई छ । अहिलेको समीकरणले प्रदेशलाई अधिकार दिने र सङ्घीयता बलियो नबनाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण