प्रहरीका ८ सय २ युनिट शौचालयविहीन

काठमाडौँ । नेपाल प्रहरीका ८ सय २ युनिट शौचालयविहीन अवस्थामा छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले देशभरका ८ सय २ युनिटमा शौचालय नभएको जानकारी दिए ।
२०८० साउनपछि २०८१ असार मसान्तसम्मका गरेका कार्य प्रगतिबारे जानकारी दिँदै डीआईजी कार्कीले शौचालय नभएका ठाउँमा ‘दुःख जिलो गरेर प्रहरी कर्मचारीहरू शान्ति सुरक्षामा खटिने गरेको’ बताए । देशभरका १ हजार ८५८ युनिटमा मात्र शौचालय रहेको उनले बताए ।
नेपाल प्रहरीमा ८३३ प्रहरी युनिटको मेस छैन । सरकारबाट स्वीकृत २ हजार ६६० स्थानमा अहिले प्रहरी युनिटहरूले शान्ति सुरक्षा र अपराध अनुसन्धानको काम गरिरहेका छन् । सुरक्षा कायम राख्न ९ सय २१ ठाउँमा अस्थायी प्रहरी पोस्ट माग भएको डीआईजी कार्कीले बताए । उनले भने– ‘माग अनुसार अस्थायी प्रहरी पोस्ट स्थापना गर्न २७ हजार जनशक्ति चाहिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् कक्षा १२ को परीक्षा
-
कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?