प्रहरीका ८ सय २ युनिट शौचालयविहीन
काठमाडौँ । नेपाल प्रहरीका ८ सय २ युनिट शौचालयविहीन अवस्थामा छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले देशभरका ८ सय २ युनिटमा शौचालय नभएको जानकारी दिए ।
२०८० साउनपछि २०८१ असार मसान्तसम्मका गरेका कार्य प्रगतिबारे जानकारी दिँदै डीआईजी कार्कीले शौचालय नभएका ठाउँमा ‘दुःख जिलो गरेर प्रहरी कर्मचारीहरू शान्ति सुरक्षामा खटिने गरेको’ बताए । देशभरका १ हजार ८५८ युनिटमा मात्र शौचालय रहेको उनले बताए ।
नेपाल प्रहरीमा ८३३ प्रहरी युनिटको मेस छैन । सरकारबाट स्वीकृत २ हजार ६६० स्थानमा अहिले प्रहरी युनिटहरूले शान्ति सुरक्षा र अपराध अनुसन्धानको काम गरिरहेका छन् । सुरक्षा कायम राख्न ९ सय २१ ठाउँमा अस्थायी प्रहरी पोस्ट माग भएको डीआईजी कार्कीले बताए । उनले भने– ‘माग अनुसार अस्थायी प्रहरी पोस्ट स्थापना गर्न २७ हजार जनशक्ति चाहिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण