जिउँदो छाला हालेर वैज्ञानिकहरूले रोबोटको मुहारलाई हाँस्ने बनाए
टोकियो । जापानका वैज्ञानिकहरूले जिउँदो छालाको तन्तु हालेर रोबोटको अनुहारलाई हाँस्ने बनाएका छन् । टोकियो विश्वविद्यालयका अनुसन्धाताहरूले अनुहारको आकारमा मानवको छालाको तन्तु उमारेका थिए । लिगामेन्टजस्तै गरी यो छाला तन्किँदा हाँसेको जस्तै देखिन्छ । मान्छे जस्तै देखिने रोबोट बनाउनेतर्फ यो महत्त्वपूर्ण कदम भएको मुख्य अनुसन्धाता शोजी ताकेउचीले भनेका छन् ।
यो छालालाई रोबोटमा टाँसेर पहिलो पटक हाँस्ने रोबोट बनाउन सकिएको ताकेउचीले भनेका छन् । यो रोबोटसम्बन्धी एउटा अध्ययन गएको महिना सेल रिर्पोट्स फिजिकल साइन्समा प्रकाशित गरिएको थियो । ताकेउची र उनको प्रयोगशालाले एक दशकदेखि जैविक र कृत्रिम यन्त्रलाई एकै ठाउँमा मिलाउन गरेको प्रयासले अन्ततः राम्रो नतिजा दिएको छ । धातु र प्लास्टिकमा जिउँदो तन्तुको प्रयोगका अनेकन फाइदा रहेको ताकेउची बताउँछन् ।
वैज्ञानिकहरूले रक्तसञ्चार प्रणाली र स्नायुहरू समेत भएका छाला प्रयोगशालामा बनाउन खोजिरहेका छन् । यसले सौन्दर्य प्रशोधन र औषधि परीक्षणका लागि सुरक्षित मञ्च उपलब्ध गराउनेछ ।
यसैका आधारमा वैज्ञानिकहरूले रोबोटका लागि वास्तविक जस्तै देखिने अनि मान्छेमा जस्तै काम गर्ने छाला बनाउने आशा पलाएको छ । तर यसमा मानिसमा उत्पन्न हुने अनौठा र असहज भावहरू उत्पन्न गराउन भने निकै चुनौती छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण