टेस्लाले आगामी वर्षदेखि ह्युमनोइड रोबोट बनाउने
वासिङ्टन डिसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले ह्युमनोइड रोबोट बनाएर प्रयोग गर्न थाल्ने भएको छ । सामाजिक सञ्जालमा एक पोस्टमा मस्कले यस्तो बताएका हुन् । कम्पनीले आगामी वर्षदेखि ती रोबोट बनाउन थाल्ने जनाइएको छ । कम्पनीले सुरुमा आफैँले ती रोबोट प्रयोग गर्ने अनि सन् २०२६ देखि मात्रै बेच्न थाल्ने जानकारी गराएको छ ।
टेस्लाको कारखानामा प्रयोगका लागि यो वर्षको अन्त्यसम्ममा अप्टिमस नाम गरेको रोबोट बनेर तयार हुने आशा गरिएको यस अघि मस्कले बताएका थिए । होन्डा र बोष्टन डाइनामिक्स जस्ता कम्पनीहरूले पनि आ–आफ्नै ह्युमनोइड रोबोट बनाइरहेका छन् ।
कम्पनीले आगामी वर्ष आन्तरिक प्रयोगका लागि निकै थोरै सङ्ख्यामा रोबोट बनाउने मस्कले माइक्रोब्लगिङ वेबसाइट एक्समा एक पोस्टमा भनेका छन् । सन् २०२६ देखि भने अन्य कम्पनीका लागि ठुलो सङ्ख्यामा रोबोटको उत्पादन थालिने बताइएको छ ।
टेस्लाले आफ्नो पछिल्लो त्रैमासिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभन्दा एक दिन अघि मात्रै यो घोषणा आएको हो । सोमबार न्यूयोर्कमा नियमित समयको कारोबारमा टेस्लाको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको थियो । मानवका लागि असुरक्षित, बारम्बार दोहोर्याइरहनु पर्ने र दिक्कलाग्दो कामहरू गर्न कम्पनीले स्वचालित ह्युमनोइड रोबोट बनाउन लागेको कम्पनीले बताएको थियो ।
कम्पनीले यी रोबोट प्रत्येक २० हजार डलरभन्दा कममा बेच्ने मस्कले यसअघि नै भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण