रुसी सेनाबाट उद्धारका लागि ३२३ जनाको निवेदन, ११६ जना सम्पर्कविहीन
काठमाडौँ । रुस-युक्रेन युद्धमा परेका ३ सय २३ जना नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या ११६ जना रहेको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी हुन् ।
बुधबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै परराष्ट्रमन्त्री राणाले उद्धारका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताइन् । उनले मस्कोस्थित नेपाली राजदूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्काउन पहल भइरहेको पनि जानकारी दिइन् ।
हालसम्म रुसी सेनामा ज्यान गुमाएकाको सङ्ख्या ३४ जना रहेको र डीएनए परीक्षणका लागि दिइएको सङ्ख्या २२ रहेको उनले उल्लेख गरिन् । युक्रेनमा ६ जना युद्धबन्दी रहेको उनले बताइन् ।
त्यस्तै घाइते भई उपचाररत ५ जनामध्ये एक जना नेपाल फिर्ता भइसकेको उनको भनाई थियो । रुस पुगेकामध्ये १५० जना नेपाल फर्किसकेको परराष्ट्रमन्त्री राणाले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण