सांसद जबराको प्रश्न–तपाईँकै नेतृत्वपछि ७ वटा जहाज दुर्घटनामा पर्यो, जिम्मेवारी लिनुपर्दैन ?

काठमाडौँ । सांसद उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाएका छन् । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै उनले अधिकारीलाई जिम्मेवारी लिन आग्रह गरे ।
'नेपाली आकाशमा आन्तरिक मात्र होइन विदेशी जहाजहरू पनि दुर्घटनामा परेका छन् । सन् १९९६ यता साना ठुला ६० वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसमा विदेशी जहाज समेत ८ वटा परे । आन्तरिक त सबै जसो एयरलाइन्स कम्पनीहरूका जहाज दुर्घटनामा परेका छन्' जबराले भने, 'प्राधिकरणमा तपाईँकै नेतृत्व यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैँ अरूलाई नै लगाउने ?' उनले थप प्रश्न गरे ।
अन्य देशमा यस्तो हुन्थ्यो भने कि त नेतृत्वले आफै राजीनामा दिनुपर्थ्यो कि त सरकारले हटाउँथ्यो । प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको सांसद जबराले संसदीय समिति राखे ।
सौर्य एयरलाइन्स दुर्घटनाको सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने हुँदा प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने माग समेत जबराले राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका ७४ प्रतिशत योजना ५ लाख मुनिका, ३ सय योजनाको कामै भएन
-
रास्वपाको पलेँटी र राप्रपाको बहिस्कार : माओवादी र एकीकृत समाजवादीले मागे निजामती विधेयक
-
२०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रमुख सचेतक शाही
-
रास्वपाले कांग्रेसका वडाध्यक्षले आफ्नो नेतालाई कुटेको विषय संसदमा उठायो
-
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
मस्कको स्टारसिप-३६ रकेट विस्फोट