यो हो संसारको सबैभन्दा ठुलो काजुको रुख
रियो द जेनरियो । ब्राजिलको रियो ग्रान्डे दो नोर्तेमा रहेको पिराङ्गी काजुको रुखलाई विश्वकै सबैभन्दा ठुलो काजुको रुख मानिएको छ । झन्डै ८ हजार ४०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो रुखको परिधि नै ५०० मिटर बराबरको छ । यो रुखलाई सन् १८८८ मा एक जना स्थानीय मछुवाराले रोपेका थिए ।
तर रुखको वृद्धि विकासको रुखलाई हेर्दा विज्ञहरूले यो रुख हजारौँ भन्दा पुरानो हुन सक्ने अनुमान गरेका छन् । एउटा कुरा चाँहि के पक्का हो भने यो रुख सामान्य काजुको रुख होइन । यसको सामान्य खालको ७० वटा काजुको रुख बराबर छ । यो रुखमा वर्षभरिमा ६० हजारभन्दा धेरै काजुको फल फल्छ । ब्राजिलभरबाट यो रुख हेर्न पर्यटकहरू आउने गरेका छन् ।
तर यो काजुको रुख यति ठुलो कसरी भयो ? रुखको हाँगाहरू ठाडो बढ्छन् । तर यो रुखको हाँगाहरू तेस्रो बढेको छ । भार र गुरुत्वाकर्षणका कारण हाँगाहरू जमिनतिर निहुरिए । जमिनको सम्पर्कमा आएपछि हाँगामा जरा पलायो अनि यसैगरी रुख पर परसम्म फैलियो । अहिले त यो रुखको मूल काण्ड कुन थियो भनेर पत्ता लगाउने असम्भव भएको छ ।
गिनिज बुकले यसलाई विश्वको सबैभन्दा ठुलो काजुको रुख भनेर आफ्नो रेकर्डमा राखेपछि यो स्थानीय क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य बनेको छ । बर्सेनि झन्डै ३ लाख पर्यटकहरू यो रुखलाई हेर्न आउने गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण