धर्मेन्द्र बास्तोला क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट निष्काशित
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टी नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेताहरुलाई निष्काशन गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिका संयोजक किरणले शनिबार एक विज्ञप्ति जारी गर्दै कञ्चन लगायतका नेताहरुलाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा साउन ९ र १० गते बसेको केन्द्रीय कार्यालयको बैठकले सो निर्णय गरिएको जनाइएको छ ।
पार्टी एकताको महत्व तथा गरिमामाथि गम्भीर आघात पुर्याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने विचाराधारत्मक तथा राजनीतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अबलम्बन गरेकोले उनीहरुलाई महाधिवेशन आयोजक समिति अर्थात केन्द्रीय संगठन समिति सहित पार्टीका सबै जिम्मेवारीहरुबाट निष्काशन गरिएको विज्ञिप्तमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण