‘लेबाल त्रिरत्न पुरस्कार’ शिक्षाविद् कोइरालालाई
आइतबार, १३ साउन २०८१, १३ : २५
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले लेबाल त्रिरत्न पुरस्कार शिक्षाविद् प्राडा विद्यानाथ कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा शनिबार बसेको नेपाली शिक्षा परिषद् प्रबन्ध समितिको बैठकले सो निर्णय गरेको हो ।
पुरस्कार परिषद्को ७४ औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको ११२ औँ जयन्तीका अवसरमा यही साउन ३२ गते प्रदान गरिनेछ । पुरस्कारको राशि १ लाख १ हजार १०१ रुपैयाँ रहेको छ । यो पुरस्कार कविशिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित गरिएको हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण