दोस्रो खेलमा पनि श्रीलंका हार्यो , भारतलाई शृङ्खला
पालेकेले । भारतीय टोलीले आइतबार भएको दोस्रो टी–२० खेलमा श्रीलंकालाई ७ विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले भारतलाई १६२ रनको लक्ष्य दिएको थियो ।
तर भारतीय इनिङ्स सुरु हुने बित्तिकै तीन बलपछि पानी पर्न थालेपछि खेल रोक्नुपरेको थियो । यसपछि डकवर्थ लुइस नियममार्फत भारतलाई जितका लागि आठ ओभरमा ७८ रनको लक्ष्य दिइएको थियो, जुन भारतले तीन विकेटको क्षतिमा पूरा गरेको थियो।
भारतका लागि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए । कप्तान सूर्यकुमार यादवले १२ बलमा २६ रनको इनिङ्स खेले ।
हार्दिक पाण्ड्याले ९ बलमा २२ रन बनाए । महिस थिकसाना, वानिन्दु हसरंगा र मथिसा पथिरानाले १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि कुसल मेन्डिसले सर्वाधिक ५३ रनको इनिङ्स खेले । पाथुम निसान्काले ३२ र कमिन्दु मेन्डिसले २६ रन बनाए । भारतका लागि रवि बिश्नोईले ३ विकेट लिए ।
भारतीय टोली अहिले श्रीलंकाको भ्रमणमा छ, जहाँ उसले तीन टी–२० र तीन एकदिवसीय खेलको शृङ्खला खेल्ने छ । पहिलो टी–२० खेलमा पनि भारतले श्रीलंकालाई ४३ रनले पराजित गरेको थियो । भारतले २ खेल जित्दै तीन खेलको टी–२० सिरिज जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण