ट्रम्पले बाइडेनलाई किन भने ‘मलाई हरायौँ भने १० लाख डलर दिन्छु’ ?
वाशिङटन डीसी । अमेरिकामा यतिबेला राष्ट्रपति निर्वाचनको रौनक छ । रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनले भने ट्रम्पसँगको पहिलो खुला बहसमा निराशाजनक प्रदर्शनपछिआफ्नो उम्मेदवारी त्यागिसकेका छन् ।
राष्ट्रपति बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताब गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बाइडेन र ट्रम्प यस अघि, २०२० को निर्वाचनमा पनि एक अर्काको सामुन्ने थिए, जसमा तत्कालिन रास्ट्रपति ट्रम्प पराजित भएका थिए ।
बाइडेन (८१) र ट्रम्प (७८) दुवै रास्ट्रपति पदका बृध्द उम्मेदवार भनेर आलोचना भइरहेका बेला ट्रम्पले भने आफू स्वस्थ रहेको दाबी गर्दै बाइडेनलाई गल्फ खेल्न चुनौती पनि दिएका थिए । उनले बाइडेनलाई गल्फ खेल्न र आफूलाई हराएमा १० लाख डलर दिन्छु भनेर भनेको कुरा खुलासा गरेका छन् । मिनीसोटाको सेन्ट क्लाउडमा एउटा र्यालीमा ट्रम्पले बाइडेनलाई गल्फ खेल्न चुनौती दिएको खुलासा गरेका हुन् ।
ट्रम्पले आफू जुनसुकै कोर्स (गल्फ कोर्स) मा खेल्न तयार रहेको र बाइडेनले आफूलाई पराजित गरे भने १० लाख डलर दिन तयार रहेको पनि बताए ।
रिपोर्टहरूका अनुसार गल्फ खेल्ने विषयमा ट्रम्प र बाइडेनबीच जुन महिनामा आन्तरिक छलफल भएको थियो । यो भनेको ट्रम्प र बाइडेनबिच पहिलो राष्ट्रपति बहस प्रस्तावित भएको समय हो । आफूले हालै गल्फमा दुई क्लब च्याम्पियनसिप जितेको र दुई नियमित क्लब क्राउन हात पारेको दाबी पनि ट्रम्पले गरेका छन् ।
ट्रम्पले आफू अझै पनि लामो दुरीको सट प्रहार गर्न सक्षम रहेको र खेलका लागि चाहिने स्मार्टनेस पनि भएको उनले बताएका छन् । तर बाइडेनले भने बल ५० यार्ड्ससम्म पनि फ्याँक्न नसक्ने भन्दै उनले खिसी गरेका छन् । उता, बाइडेनले भने ट्रम्पले आफ्नो गल्फ ब्याग आफैँ उठाएर गल्फ कोर्ससम्म आए भने आफू गल्फ खेल्न खुसी हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुलाई शीर्ष चारभित्रै सुरक्षित गर्ने दाउमा इन्टर
-
राष्ट्रपतिसहित उच्च पदस्थलाई बाँसको कुर्सी उपहार
-
काठमाडौं बसन्तपुरस्थित ओमवहालमा मध्यराती भएको आगलागी नियन्त्रणमा
-
काठमाडौं न्युरोड क्षेत्रको झोंछेमा मध्यरातमा आगलागी
-
१२ बजे, १२ समाचार : बीआरआईले सत्तारुढ एमाले-कांग्रेसबीच खटपटदेखि मध्यरातमा रविलाई पोखरा दौडाएकोमा रास्वपा आक्रोशितसम्म
-
काठमाडौं-तराई द्रूतमार्गका लागि ग्राभेल बोकेको टिपर दुर्घटनामा चालकको मृत्यु