मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते
नयाँ दिल्ली । भारतको झारखण्ड राज्यको सरायकेला–खरसावां जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा रेल दुर्घटना भएको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
एक वरिष्ठ रेल अधिकारीले बीबीसीसँग कुरा गर्दै यी मृत्युको पुष्टि गरेका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक भएको बताइएको छ । घटना लगत्तै आएका समाचारहरूमा भने छ जना घाइते भएको बताइएको थियो ।
बडाबम्बू नजिकै बिहान ४ः४५ बजे दुर्घटना भएको हो । दुर्घटना भएको ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ । यो ठाउँ दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजन अन्तर्गत पर्छ । हावडा–मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट खसेपछि त्यसको छेउमा उभिएको मालगाडीसँग ठोक्किएको थियो । डिब्बा लिकबाट खसेको ट्रेनको नाम हावडा–सीएसएमटी एक्सप्रेस हो ।
यस दुर्घटनाका कारण सो लाइनमा चल्ने केही रेललाई अन्य रुटमा पनि डाइभर्ट गरिएको छ । दक्षिण पूर्वी रेलवेका प्रवक्ता ओमप्रकाश चरणले भने– यो दुर्घटनास्थल अगाडि अर्को मालगाडी लिकबाट खसेको छ । तर दुवै दुर्घटना एकैसाथ भएको हो कि होइन भन्ने अहिलेसम्म थाहा हुन सकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण