नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्या आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौँ । काठमाडौँको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रञ्जन खड्का छन् । २०६४ मा खड्काको समूहले तत्कालीन क्याम्पस प्रमुख धर्मराज विष्टलाई खड्काको समूहले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । खड्का कोटेश्वरबाट पक्राउ परेका हुन् ।
हत्यामा संलग्न धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएकी सबिता थापा अधिकारी भनिने सोभिता थापा यसअघि नै पक्राउ परेकी थिइन् । हाल उनी कारागारमा छिन् ।
२०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा धर्मराज विष्ट मृत भेटिएका थिए । त्यतिबेला कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययनरत शोभिताको योजनामा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न सोभिताका भाइ विनोद थापा जेल सजाय काटर २०७९ असोजमा रिहा भएका छन् । अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण