विश्वकप लिग २ को प्रशिक्षणका लागि २२ खेलाडी छनोट
आइतबार, २० साउन २०८१, २१ : ५०
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीहरू छनोट भएका छन् । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा प्रशिक्षणका लागि खेलाडीहरूको सूची सार्वजनिक गरेको हो ।
प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी र गुल्सन झा रहेका छन् ।
त्यस्तै, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा प्रशिक्षणका लागि छनोट भएका छन् ।
नेपालले आगामी सेप्टेम्बरमा क्यानडाको भ्रमण गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण