मुख्यमन्त्रीको शपथ साढे ३ बजे, कांग्रेस–एमालेबिच मन्त्रालयमा भागबन्डा अझै मिलेन

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको आज शपथ ग्रहण हुने भएको छ । मुख्यमन्त्री शाहसहित मन्त्रीहरुको आज साढे ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको हो ।
मुख्यमन्त्री शाहले मन्त्रालय भागबण्डाको बारेमा सत्ता साझेदार दलबिच छलफल जारी रहेको बताउँदै आजै टुंगो लगाउनेमा आफू प्रयासरत रहेको बताए । तर सत्ता साझेदार दल कांग्रेस र एमालेबिच अझै मन्त्रालय भागबण्डाको टुंगो लाग्न सकेको छैन । ती दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने गरी पावरसेयरिङमा लागेको बताइएको छ ।
एमाले र काँग्रेसबीच ३÷३ मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय दिने तयारी गरेका छन् । स्रोतका अनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय र एमालेलाई आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय दिने तयारी गरिएको छ । त्यस्तै नाउपालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिने तयारी गरिएको छ ।
त्यस्तै, एमालेले पुरानै मन्त्रीहरु दोहोर्याउने बताइएको छ । सुरेन्द्र पाल, वीरबहादुर थापा, सन्तोष कुमारी शर्मालाई दोहो¥याउने बताइएको छ । भने कांग्रेसभित्र मुख्यमन्त्री शाह भएपछि मन्त्रीहरुमा मेघराज खड्का, बहादुरसिंह थापा, गीता चौधरीको सम्भावना रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीले भने पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने तयारी गरिएको पूर्वमन्त्री रामेश्वर चौधरीले जानकारी दिए । यसैबिच मन्त्री र मन्त्रालयको भागबण्डाको विषयमा कांग्रेस संसदीय दलको बैठक समेत बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेषले सफाइ दिएका दुई मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
बागमतीका निलम्बित मेयर थापालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
विद्युत् व्यापार गर्न निर्देशिका बनाउँदै सरकार
-
राज्य व्यवस्थाको प्रतिवेदन हुबहु पारित भए कर्मचारीलाई राजीनामा दिएर संवैधानिक नियुक्तिमा बन्देज
-
बालुवाटारमा प्रधानमन्त्री ओली र देउवाबिच भेटवार्ता
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी