तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
सारांश
- काठमाडौं जिल्ला अदालतले तीनकुनेमा भएको राजावादी प्रदर्शनको भिडियो खिचेका पत्रकार प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा छाड्न आदेश दिएको छ।
- न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्य गरेको ठहर गर्दै उनलाई थुनामा राख्न नपर्ने जनाएको हो।
- दाहालले दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका थिए र उनलाई राज्यविरुद्धको कसुरसमेत आरोप लागेको थियो।
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्यअन्तर्गत उक्त भिडियो खिचेको ठहर गर्दै उनलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश गरेको हो ।
उक्त आन्दोलनका क्रममा दाहालले मुख्य आरोपी दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका थिए । दाहाललाई राज्यविरुद्ध कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर भएको थियो ।
दाहालले खिचेका ती भिडियो र तस्बिर घटनाको अनुसन्धानका लागि पनि प्रयोग भएका थिए । दाहालले थुनछेक बहसका क्रममा आफू लुटपाट र आगजनीजस्ता समाजलाई आतङ्कित बनाउने कार्यमा सहभागी नभएको र समाचार सङ्कलनका क्रममा ती भिडियो आफ्नो च्यानलमार्फत प्रकाशन गरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण