आफूमाथि दुर्व्यवहार भएको भन्दै सांसद सोविता गौतमले सरकारलाई गराइन् ध्यानाकर्षण
काठमाडौँ । रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताइन् ।
सांसद गौतमले घटना विवरण यसरी सुनाइन्-
आइतबार साँझ म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाढी पहिरो अवलोकन गर्न जाँदै थिएँ । त्यसक्रममा कागेश्वरी मनहरा ६ मा रहेको मनकामना टोलमा पुगेँ । मुलपानी क्रिकेट स्टेडियमबाट अपोजिट साइडमा रहेको डाँडातिर एउटा मन्दिरजस्तो छ ।
त्यो मन्दिरको मुनितिर एउटा घर र चिया पसल छ । त्यो कटेपछि गाउँ समाज छ । म त्यहाँ जाँदै सुरुमा मलाई पहिरो देखाउन केही स्थानीयहरू चिया पसलमा कुरेर बस्नुभएको थियो ।
त्यसपछि हामी त्यो पहिरो भएको ठाउँमा पुग्यौ । र, त्यहाँबाट फर्केर आउने क्रममा त्यो चिया पसलमा १५,२० जना मानिस जम्मा भइसक्नुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्थेन ।
उहाँहरू कोही गाँजाको नसामा लट्ठ र कोही रक्सीले मात्तिएको अनि कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । म त्यहाँ आइपुग्दा एकाएक उहाँहरूले घेर्न थाल्नुभयो र तपाई बुढो मान्छे भएको ठाउँमा मात्र जाने ? भन्दै प्रश्न गरियो । र चक्रव्यूह रचियो, घेरियो अनि मुख छाडियो ।
मैले कुरा राख्नुस् भनेर निवेदन गर्दै थिएँ तर ‘तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्दहरू प्रयोग गरेर आक्षेप लगाउने काम भयो । त्यसपछि मलाई अलि चुनौती फिल भएर चिया पसलतर्फ गएँ तर कतिले भिडियो उतार्नुभयो । मलाई दुर्व्यवहार गर्ने शैलीमा । त्यसपछि मेरो स्वकीय सचिवले बौद्धको डीएसपीलाई घटनाबारे जानकारी पनि गराउनुभएको छ । तर घर गएपछि भिडियो हेर्दा मेरो मात्र भिडियो पोस्ट गरिएको रहेछ ।
त्यो व्यक्तिको प्रोफाइल हेर्दा कुनै एउटा राष्ट्रिय दलको सङ्गठनको साथी भएको पाइयो । विवादमा पार्ने हिसाबले एउटी महिलालाई यसरी बाटो ढुकेर यस्तो व्यवहार गर्ने हो भने अब म आफ्नो निर्वाचन क्षेत्रमा जाँदा पनि चौतारो हेर्दै हिँड्नुपर्ने हो ? सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने ? यस्ता गम्भीर विषयलाई सरकारले ध्यान दिन जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण