शिवपुरी हेलिकप्टर दुर्घटनाप्रति कांग्रेसले गर्यो दुःख व्यक्त
बुधबार, २३ साउन २०८१, १७ : ०६
काठमाडौँ । नेपाली कांग्रेसले नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । बुधवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो ।
दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो । बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले दुर्घटनामा ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै भने– ‘हेलिकप्टर दुर्घटनामा चालक दलका सदस्यसहित चार चिनियाँ नागरिकले ज्यान गुमाएकोमा पार्टीले दुःख व्यक्त गरेको । त्यस विषयमा पार्टीले शोक वक्तव्य निकाल्नेछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण