बेलायतको भिसा रद्द भएपछि भड्किए सञ्जय दत्त
लन्डन । बलिउड अभिनेता सञ्जय दत्तको बेलायत भिसा रद्द भएका खबर बाहिर आइरहेका छन् । यस अफवाहबारे अभिनेता दत्तले प्रतिक्रिया दिएका छन् । भिसा अस्वीकृत भएपछि उनले अजय देवगनको आगामी फिल्म सन अफ सरदार २ गुमाउन सक्ने बताइएको थियो ।
सञ्जय दत्तले पहिलोपटक आफ्नो भिसा रद्दबारे मुख खोलेका छन् । यसबारे असन्तुष्टि जनाउँदै उनले भनेका छन्– ‘कसैले यस्तो कसरी गर्न सक्छ ?’ आफूले कानुनको सबै नियम र आदेश पालना गरेको तर आफ्नो भिसा रद्द भएको उनले भनेका छन् ।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार सञ्जय दत्तले बेलायतको भिसा खारेज भएको कुरामा आफ्नो प्रतिक्रिया दिएका छन् ।
‘बेलायतका अधिकारीहरूले जे गरे त्यो ठीक थिएन । सुरुमा, उनीहरूले मलाई भिसा दिए र सबै भुक्तानी पनि भयो । सबै कुरा एकदम सही थियो । तर फेरि एक महिनापछि तिनीहरूले मेरो भिसा रद्द गरिदिए । मैले उनीहरूलाई आवश्यक सबै कागजातहरू दिएको थिएँ । उनीहरूले किन मलाई सुरुमा भिसा दिए ? आफ्नै कानुन बुझ्न उनीहरूलाई किन एक महिना लाग्यो ?’ सञ्जयले भनेका छन् ।
बेलायतले एक महिनाअघि भिसा उनको भिसा एसेप्ट गरेको थियो । उनले सबै बुकिङ पनि गरिसकेका थिए । तर पछि भिसा अस्वीकार गरियो । सञ्जय दत्तको भिसा अस्वीकृत हुनुको कारण निकै पुरानो भएको बताइएको छ । सन् १९९३ को अप्रिलमा सञ्जय टाडा र आम्र्स एक्ट अन्तर्गत पक्राउ परेका थिए ।
सन् १९९३ को मुम्बई बम विष्फोटका अन्य अभियुक्तबाट खरिद गरिएको अवैध हतियार राखेकोमा उनी पछि हतियार ऐन उल्लङ्घन गरेको आरोपमा दोषी ठहर भएका थिए । यही कारण उनको भिसा रद्द भएको खुलासा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण