‘टुबोर्ग ओपन’फेरि आयोजना गर्ने घोषणा
काठमाडौं–डेनिस ब्राण्ड टुबोर्गले, पहिलो सांगीतिक अभियानको सफलता पश्चात, ‘टुबोर्ग ओपन’फेरि आयोजना गर्ने घोषणा गरेको छ ।
कम्पनीले वर्ष भने विश्वख्यातिप्राप्त कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराई नयाँ सांगीतिक ट्रयाकहरु बनाउने जनाइएको छ ।
अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ अघिल्लो वर्षको अभियानमा सहभागी थिए । डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’ भने पहिलो पटक उनीसँगै आउन लागेका हुन् ।
उनीहरुले ‘स्टे ओपन’ नामक ट्रयाक रचना गरेका छन् ।
यस वर्षको अभियान बारे बोल्दै, डिप्लोले भने,“टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ । ‘मो’ र म ‘स्टे ओपन’ट्र«याकमा काम गरिरहेका थियाै यस ट्रयाक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”
“यस ट्र«याक यस अभियानलाई सुहाँउदो छ र विश्वभरका कलाकारहरु यस विचारलाई आफ्नो तरिकाबाट बदल्न र आफ्नै धारणाबाट खुल्ला सोच हुनुपर्ने विचार लिएर आईरहनु भएको छ जुन, यस योजनाको सबै भन्दा उत्कृष्ट पक्ष हो ।” उनले थपे ।
डेनिस गायक तथा गीतकार, ‘मो’ पनि विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन् । उनले भने, “मेरो लागि तयार भएको ट्र«याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरुकोबारेमा खुल्ला रुपले साेंच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले–काही राम्रो सँग मिल्न जान्छ, सुरुमा आफुसँग भएको ट्र«याक पूर्ण रुपले फरक हुनेहुँदा निकै उत्साहित छु ।”
उक्त विश्वव्यापी ट्र«याकको ११ मे २०१८ मा प्रदर्शनी हुनेछ जसमा, विश्वव्यापी र स्थानिय कलाकारहरुको आफु ‘ओपन टु मोर’भएको यात्राको कथा हुनेछ । अभियान अन्–प्याड र डिजिटल का साथ चल्नेछ । वर्षको पछि डिप्लो र मो तथा स्थानिय कलाकारहरुको साथ लाईभ सांगीतिक कार्यक्रम गरि अभियान समापन गरिनेछ । नेपाली कलाकारको नाम भने पछि घोषणा गर्ने जनाइएको छ ।
टुबोर्गका अन्तर्राष्ट्रिय बजार प्रबन्धक, मिलन शाहका अनुसार, “टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ । जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गर्दछ । यस वर्षको टुबोर्ग ओपन अभियान मार्फत हामी फेरि एक पटक विश्वभरका मानिसहरुलाई‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दछौं । जिज्ञासु हुन, वरिपरिको संसार घुम्न, नयाँ अनुभवहरु संकलन गर्न र अरुसँग बाड्न प्रोत्साहन गर्नेछौं ।”
गोर्खा ब्रुअरी प्रा.ली. का मार्केटिङ डाईरेक्टर, बैभब शर्माले टुबोर्ग अन्तर्राष्ट्रि«य डिप्लो र मो लाई स्थानिय कलाकारहरुसँग सहकार्यको लागि घोषणा गर्न पाउँदा उत्साहित भएको भन्दै नेपाली कलाकारको पनि चाँडै घोषणा गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण