बंगलादेशका ५२ जिल्लामा हिन्दुमाथि २०६ हमला
ढाका । बंगलादेशमा बढ्दो हिंसाबिच हिन्दु समुदायमाथि आक्रमण बढ्दै गएको छ । हालसम्म देशका ५२ जिल्लामा हिन्दुमाथि आक्रमणका २०६ घटना सार्वजनिक भएका छन् । शनिबार बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले पनि यी हमलाको निन्दा गरेका थिए ।
‘अल्पसङ्ख्यकमाथि आक्रमण गर्नु जघन्य अपराध हो । बंगलादेशमा बसोबास गर्ने हिन्दु, इसाई र बौद्ध समुदायका मानिसहरूको रक्षा गर्नु देशका युवाहरूको कर्तव्य हो’ उनले भनेका थिए ।
बंगलादेशको बेगम रोकेया विश्वविद्यालयमा सम्बोधन गर्दै युनुसले भने, ‘विद्यार्थीहरूले यो देश बचाएका छन् । के उनीहरूले अल्पसङ्ख्यकहरूलाई जोगाउन सक्दैनन् । तिनीहरू पनि हाम्रो देशका नागरिक हुन् । हामी सबै मिलेर सँगै बस्नुपर्छ ।’
अल्पसङ्ख्यकका लागि छुट्टै मन्त्रालय बनाऊ : हिन्दुहरू
आफूहरूमाथि हुने हमला रोक्न आवश्यक कदम चाल्न बंगलादेशका हिन्दुहरूले माग गरेका छन् । अल्पसङ्ख्यकको हितको रक्षा गर्न उनीहरूले छुट्टै मन्त्रालय गठनको माग पनि गरेका छन् । बंगलादेशको संसद्मा आफूलाई १० प्रतिशत सिट दिनुपर्ने उनीहरूको माग छ । आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको माग गरेका छन् ।
साथै भत्किएका मन्दिर पुनः निर्माण गर्न पनि भनिएको छ । हिन्दु समुदायमाथि भएको हिंसाको विदेशमा पनि विरोध भइरहेको छ । बेलायतको संसद् भवन बाहिर ठुलो सङ्ख्यामा मानिसहरू भेला भएर सोको विरोध गरेका थिए । उनीहरुले ‘हिन्दु लाइफ म्याटर्स’को नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण