भारतको तमिलनाडुमा विश्वकै सबैभन्दा ठुलो क्रिकेट मैदान बन्दै
काठमाडौँ । विश्वको सबैभन्दा ठुलो क्रिकेट रंगशाला हाल भारतको गुजरातस्थित अमहदाबादमा छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशाला हो । यो रंगशाला एक लाख ३२ हजार दर्शक क्षमताको रहेको छ ।
अब योभन्दा पनि ठुलो क्रिकेट रंगशाला पनि भारतमै बन्ने भएको छ । भारतको तमिलनाडुस्थित कोयंबदुरमा विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशाला बनाउने तयारी अगाडि बढाइएको छ । तमिलनाडु सरकारले यस सम्बन्धि काम पनि अगाडि बढाइसकेको समाचारमा जनाइएको छ ।
तमिलनाडुमा यसअघि नै करिब ५० हजार दर्शक क्षमताको एमए चिदम्बर क्रिकेट स्टेडियम रहेको छ । तमिलनाडुमा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिने उद्देश्यले यस्तो योजना अघि सारिएको जानकारी राज्यको उद्योगमन्त्री टीआरबी राजा र युवा कल्यान्ड तथा खेलकुद विकासमन्त्री उदयनिधी स्टालिनले दिएका छन् ।
विश्वको सबैभन्दा ठुलो क्रिकेट स्टेडियम कोयंबटुर सहरबाट करिब १६ किलोमिटर टाढा बनाइने बताइएको छ । नयाँ बन्ने क्रिकेट स्टेडियममा भीआईजी र कर्पोरेट सुविधा, खेलाडी लाउन्ज, मिडिया सेन्टर, सुविधासम्पन्न चमेना गृह, क्रिकेट संग्राहलय लगायतका सुविधा उपलब्ध गराइने छ ।
यो स्टेडियम बनाउन चेन्नईको एम चिदम्बर स्टेडियम, बैंगलुरुको एम चिन्नास्वामी स्टेडियम र लन्डनको लर्डस स्टेडियमको अनुभव प्रयोग गरिने भएको छ । दर्शक क्षमताका आधारमा विश्वकै सबैभन्दा ठुलो भनिए पनि नयाँ बन्ने स्टेडियमको दर्शक क्षमता भने सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण