इमान्दारिता नभए विज्ञताको अर्थ छैन : नारायणमान बिजुक्छेँ
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जुनसुकै पेशा, व्यवसाय तथा क्षेत्रमा इमान्दारिता सबैभन्दा ठूलो विषय भएको बताएका छन् ।
निओ फ्युजन स्कुल अफ कम्प्युटरले आयोजना गरेको पुरस्कार वितरण एवं अभिनन्दन कार्यक्रममा उनले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार हुन अत्यन्तै जरुरी रहेको बताए । अनुशासन छैन भने विज्ञताको कुनै अर्थ नहुने उल्लेख गर्दै उनले युवा पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा उनले नेपालको वरिष्ट पौभा कलाकार सूर्यबहादुर चित्रकारलाई सम्मान पत्र प्रदान गरेका थिए । साथै विभिन्न विधामा निःशुल्क प्रशिक्षण दिने प्रशिक्षकहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो ।
संस्थाले यसवर्ष एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल ४६० जनालाई विभिन्न १० वटा तालिम दिएको जनाएको छ । संस्थाले हालसम्म विभिन्न विधामा छ हजार सात सय ८० जनालाई विभिन्न तालिम प्रदान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण