अस्ट्रेलिया : होटेलमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु
सोमबार, २८ साउन २०८१, ०६ : २५
क्वीन्सल्याण्ड । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ ।
सोमबार हिल्टन होटलको डबलट्रीमा विमानले ठोक्किएको थियो । त्यसपछि भएको आगलागीका कारण सयौँ पाहुनाहरूलाई बाहिर निकालिएको थियो। होटलका दुई पाहुनाहरूलाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो ।
क्वीन्सल्याण्ड प्रहरीले हेलिकप्टरमा सवार एक जनाको मात्र घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ । हेलिकप्टर चार्टर गर्ने कम्पनीले स्थानीय सञ्चारमाध्यमलाई पाइलट ‘अनधिकृत’ उडानमा रहेको बताएको छ।
केर्न्सको मुख्य एस्प्लेनेडमा रहेको होटेलमा बसेकी अमान्डा केले वर्षाको मौसममा हेलिकप्टर बत्तीबिना कम उचाइमा उडिरहेको देखेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण