भारतीय विदेश सचिव र उपप्रधानमन्त्री सिंहबिच भेटवार्ता
_HvGy9ElqNj.jpg)
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन् । दुई दिने नेपाल भ्रमणमा रहेका सचिव मिस्री सिंहलाई भेट्न सोमबार बिहान सिंहदरबार पुगेका हुन् ।
भेटमा दुई देशबिचको सम्बन्ध, विकास सहकार्य लगायत विषयमा छलफल भएको बताइएको छ । भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायत मन्त्रालयका अधिकारीहरु उपस्थित रहेका थिए ।
यसअघि सचिव मिस्रीले आज बिहानै पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । साउने सोमबारको अवसर पारेर मिस्री पशुपति पुगेका थिए ।
उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए । त्यस्तै, उनलाई पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक पनि उपहार दिइएको थियो ।
सचिव मिस्री आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गरेका थिए ।
आज परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटघाट गर्ने उनको कार्यसूची रहेको छ । उनी आजै स्वदेश फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एक जनाको मृत्यु
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर