क्यारेबियन लिग खेल्न रोहित र दीपेन्द्रलाई भिसाको समस्या
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी–१० क्रिकेट लिग गुमाउने भएका छन् ।
भिसासम्बन्धि समस्याका कारण दुवै नेपाली खेलाडी क्यारेबियन लिगमा अनुपस्थित रहने भएका हुन् । क्यारेबियन लिगमा रोहित मियामी लायन्समा र दीपेन्द्र ग्रान्ड क्यामन जागुअर्समा आबद्ध थिए । रोहित र दीपेन्द्र हाल क्यानडामा छन् । उनीहरु फ्रेन्चाइज प्रतियोगिता ग्लोबल टी–२० क्यानडा खेल्न त्यहाँ पुगेका हुन् ।
ग्लोबल टी–२० क्यानडाको उपाधि रोहित सम्मिलित टोली टोरन्टो नेसनल्सले जितेको थियो । गत महिना भएको ड्राफ्टबाट रोहित र दीपेन्द्र क्यारेबियन लिगमा अनुबन्धित भएका थिए । अर्को महिना क्यानडामै आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ शृङ्खला आयोजना हुँदैछ ।
लिग–२ शृङ्खलामा नेपाल पनि सहभागी हुनेछ । त्यसको तयारीका लागि नेपाली टोली हाल भारत भ्रमणमा रहेको छ । कप्तान रोहित, दीपेन्द्र र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने पनि भारत भ्रमणमा रहेको टोलीमा छैनन् ।
सन्दीप लामिछाने पनि टी–२० क्यानडा लिगमा सहभागी थिए । क्यारेबियन टी–१० ले अगस्त १८ देखि २५ तारिखसम्म क्यामन आइल्यान्डमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण