‘टोखा बजार’ले टोखाको कला संस्कृतिलाई झल्काउँछः गायक लबट
काठमाडौं । गायक वीरकृष्ण लबटको चर्चित गीत ‘टोखा बजार’ को म्यूजिक भिडियो चाँडै नै दर्शकमाझ सार्वजनिक हुँदैछ । ‘टोखा बजार’ गीतको छायांकन सकिसकेको छ भने अहिले सम्पादनको काम भईरहेको गायक लबटले जानकारी दिए ।
गायक लबटको यो गीतले काठमाडौंको टोखा क्षेत्रको बारेमा वर्णन गर्नेछ । ‘टोखा बजार’ गीतको बारेमा कुरा गर्दै गायक लबटले भने, ‘टोखाको एउटा छुट्टै पहिचान रहेको छ । टोखा विभिन्न मठ मन्दिरले सजिएको एउटा सुन्दर नगरी हो । आउँदै गरेको ‘टोखा बजार’ गीत यसै सेरोफेरोमा बनेको छ ।’
त्यस्तै गायक लबटले बिषेश गरी टोखा क्षेत्रलाई चिनाउने हिसाबले ‘टोखा बजार’ गीत बजारमा ल्याएको बताउँदै उनले भने, ‘विषेश गरी यो गीत मैले टोखालाई चिनाउने गरी गाएको छु । टोखाको बेग्लै पहिचान र संस्कृती बोकेको कुरालाई यो गीतमार्फत दर्शकमाझ ल्याउन लागेको हुँ ।’
‘टोखा बजार’ गीतको शब्द, संगीत र कम्पोजिशन गायक लबटको आफ्नै रहेको छ । गायक लबटले बजारमा ल्याउन लागेका यस गीतको भिडियोमा सुजन र समिताको फिचरिङ रहनेछ, भने उनीहरुलाई सरस्वती धेमा परिवारका कलाकारहरुले साथ दिनेछन् ।
गायक लबटको यो गीतको भिडियोलाई किरणको निर्देशनमा समिर डंगोलको नृत्य निर्देशन रहनेछ ।
गायक लबटको यो गीतले वैशाख १ गते देखि ४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा लाग्ने बिस्केट जात्राको बारेमा वर्णन गर्नेछ । ‘टोखा बजार’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युब र फेसबुक दुवैमा सार्वजनिक हुने गायक लबटले जानकारी गराएका छन् ।
गायक लबटले नेपाली गीत संगीतको बजारमा ‘म त होईन तिम्रो’, माया मेरी साह्रै राम्री, मेरी मायालु लगायतका गीतहरुको भिडियो ल्याइसकेका छन् । साथै गायक लबटको ‘टोखा बजार’ गीतको अडियो पनि युट्युबमा पहिल्यै सार्वजनिक भईसकेको छ ।
गायक लबटले ल्याउँदै गरेको ‘टोखा बजार’ गीतको भिडियोले पनि दर्शकहरुको मन जित्ने आशा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण