गीतकार किरण पौडेलको 'शुभकामना' गीत सार्वजनिक (भिडियो)
काठमाडौं । गीतकार किरण पौडेलको शब्द र वरिष्ठ संगीतकार गैरे सुरेशको संगित रहेको ‘शुभकामना प्रदेशवासीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।
यस गीतलाई भावना म्यूजिकले बजारमा ल्याएको हो । पहिलो नेपाल तारा दिपक लिम्बु र दोस्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन् ।
साथै लिम्बु र लामालाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा साथ दिएका छन् ।
एवान म्यूजिसियन स्टुडियोमा रेकर्डिङ भएको यस गीतका एरेन्जर आमोश तामाङ र रेकडिस्ट राजेश श्रेष्ठ रहेका छन् । गीतकार पौडेल र संगीतकार गैरे सशस्त्र प्रहरी बलका प्रतिभावान प्रहरी अधिकृत हुन ।
देश संघीयतामा गइसकेको अवस्थामा प्रदेशवासीलाई शुभकामना दिएर निकालिएको यो पहिलो गीत हो । यो गीतले शहरदेखि गाँउसम्मको सडक खानेपानीलगायतका विषयवस्तुहरुलाई उजागर गर्न खोजेको देखिन्छ भने विदेशिएका दाजुभाईहरुलाई समेत आफ्नै देशमा गरिखाने माहोल बनाई फिर्ता बोलाउनुपर्ने सन्देश दिन खोजेको छ ।
राष्ट्रिय भावनाले ओतप्रोत युक्त शब्द रहेको यो गीत नेपाली सांगीतिक आकाशमा रास्ट्रिय गीतको रुपमा चिनिने विश्वास गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण