समाचार
सिन्धुलीमा बोलेरो दुर्घटना, ३ जनाको मृत्यु
बिहीबार, ३१ साउन २०८१, २३ : २०
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कटवालले रातोपाटीलाई बताए ।
गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.२० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको कटुवालले जानकारी दिए । दुर्घटनामा परेर गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गीको मृत्यु भएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण