बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

'बाह्रमासे फूल'मा टकंराज कुलुङ (भिडियो)

बुधबार, २६ वैशाख २०७५, ०८ : २५
बुधबार, २६ वैशाख २०७५

काठामाडौं - टकंराज कुलुङको बाह्रमासे फूल गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सोलुखुम्बु स्थायी घर भएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका कुलुङ पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् । उनले करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसेका छन् । 

युवा व्यासायी समेत रहेका कुलुङको समाजसेवामा पनि सक्रिय छन् । म्युजिक भिडियोमा दर्शकको माया अनि आफ्नो कामको सफलताले अगाडि बढ्न अझ हौशला मिलेको उनको भनुवभ छ । 

बाह्र मासे फूलको म्यूजिक भिडियोमा युगल जोडी बीचको माया प्रेमको प्रसंग मात्र नभएर, नेपाली संसकृति तथा प्रकृतिको सुन्दरतासँग पनि जोडिएको कुलुङ बताउँछन् ।

यस गीतमा कन्सकाइट राई र दिपा लामालको स्वर तथा डा. किराँतको संगीत रहेको छ । तस्बिर एल्वमा समावेश यस गीतको शब्द दिलिप राईले लेखेका हुन् भने बुद्ध स्याङबाले एरेन्ज गरेका छन् ।

भिडियोमा अर्चना काउचा मगर, टंकराज होङेलु कुलुङ, केट्रीन होङेलु तथा हित शंकर कुलुङ लगायको अभिनय छ ।

टंकराज होङेलु कुलुङको निमार्ण गरेको यस गीतलाई गोविन्द राज भण्डारीले निर्देशन तथा राजकुमार कुलुङ र गगाँ राम खालिङले छायाँङङ्कन गरेका हुन् ।

नायिका बेनिशा हमालसँगको अनस्क्रीन रोमान्स र अभिनय रहेको आफ्नो नयाँ म्युजिक भिडियो चाँडै सार्वजनिक हुने कुलुङले जानकारी दिए । 

गीत हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप