बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोनमको रिसेप्सनमा सलमान पुग्नेबित्तिकै कट्रिनालाई अँगालो हाले

बुधबार, २६ वैशाख २०७५, ०९ : ३४
बुधबार, २६ वैशाख २०७५

नायिका सोनम कपुरको मंगलबार दिल्लीका व्यापारी आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिएकी छिन् । दुबैको विवाह पंजाबी रिति रिवाजले भयो । विवाह सोनमकी आन्टी कविता सिंहको बंगलामा भयो । विवाहपछिको रिसेप्सन भने होटल लिलामा भएको थियो । रिसेप्सनमा सलमान खान कालो सूटमा पुगे । सलमान त्यहाँ पुग्ने बित्तिकै कट्रिनालाई देखे र तत्काल अँगालो हाले ।

रिसेप्सनमा ज्याकलिन फर्नान्डिज, सलमानकी बहिनी अर्पिता र ज्वाईं आयुष शर्मा पनि देखिए । रणबीर कपुर जहाँ आलियमसँगै देखिए भने शाहरुख खान रेखासँग तस्बिर खिचाइरहेको देख्न सकिन्छ । यसका सागै, सुनिल शेट्टी, उनकी छोरी आथिया र श्रीमती पनि देखिए । यस्तै, आयुष्मान खुराना, उनकी श्रीमती ताहिरा कश्यप, शिल्पा शेट्टी, राज कुन्द्रा पनि देखिए ।

हेरौं तस्बिर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप